'कंगनालाई किन लागूपदार्थको चेकजाँचका लागि बोलाइँदैन ?'
एजेन्सी - फिल्म निर्माता करण जौहरलाई भारतीय नारकोटिक्स कंट्रोल ब्युरोले (एनसीबी) ले सूचना जारी गर्दै उनलाई उनको घरमा पछिल्लो समय भएको पार्टीको बारेमा जानकारी मागेको छ ।
उनको पछिल्लो पार्टीमा लागूपदार्थ प्रयोग भएको आशंका समेत गरिएको छ । यसै विषयलाई लिएर महाराष्ट्र कांग्रेसले कंगनालाई लागूपदार्थको विषयमा चेकजाँच नगरिएको बारेमा जवाफ मागेको छ ।
कांग्रेस नेता सचिन सावन्तले एनसीबीले करण जौहरलाई सूचना जारी गर्ने तर अभिनेत्री कंगनालाई भने किन नबोलाउने भन्ने विषयमा प्रश्न गरेका छन् ।
कंगनाले एक भिडियोमा खुलेयाम लागूपदार्थको सेवन गरेको पाइएको छ । तर पनि अहिलेसम्म उनलाई सोधपुछ नगरिनु आपत्तिजनक भएको बताइएको छ ।
सावन्तले जुन भिडियोमा करण जौहरलाई जवाफ मागिएको छ सोही भिडियो सन् २०१९ मा मुख्यमन्त्री देवेन्द्र फडणवीसले गृहमन्त्री पनि सम्हालेका थिए उनले किन कंगनामाथि सवाल उठाएनन् भन्ने बारेमा पनि बोलेका छन् ।
सावन्तले सुशान्त सिंह राजपूतको विषयमा एनसीबीले कुनै पनि सम्बन्ध नभएको मुद्दामा समेत चेकजाँच गरिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण