भारतमा डिसेम्बर ३१ सम्म बेलायती उडानहरू स्थगित गर्ने निर्णय
एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।
“बेलायतकोे कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,” उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ ।
उडान स्थगितको यो निर्णय मङ्गलबार राति ११ः५९ बाट लागू हुने बताइएको छ । ‘प्रशस्त सावधानीको उपाय’ का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तब्यमा जान रोक लगाइने छैन ।
बेलायतमा ठूलो सङ्ख्या भारतीय प्रवासीहरूको छ र त्यहाँ प्रति दिन धेरै उडानहरू हुने गर्छन् । लन्डन र नयाँ दिल्ली तथा लन्डन र मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौं मानिसहरू बेलायत जाने र बेलायतबाट फर्किने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण