छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा
अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
चौध कर्मचारी बिनापोशाक कार्यालयमा उपस्थित भएको भेटिएका छन् । अर्घाखाँची अस्पतालका २७, स्वास्थ्य कार्यालयका सात, जिल्ला आयोजना कार्यालय एकाइका पाँच, शिक्षा विकास तथा समन्वय एकाइका चार, कृषि ज्ञान केन्द्रका चार, सन्धिखर्क सबडिभिजन कार्यालयका चार र डिभिजन वन कार्यलयका दुई कर्मचारी बिनाजानकारी अनुपस्थित देखिएका छन् ।
त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका एक, विशेष नापी कार्यालयका एक र कोष तथा लेखा नियन्त्रक कार्यालयका एक गरी ६१ कर्मचारी बिदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित भएको भेटिएका हुन् ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची तीन, स्वास्थ्य कार्यालय अर्घाखाँचीका तीन, मालपोत कार्यालय अर्घाखाँचीका एक, जिल्ला आयोजना कार्यालय एकाइका एक, शिक्षा विकास तथा समन्वय एकाइका दुई, सडक पूर्वाधार विकास कार्यालयका दुई, सिँचाइ विकास डिभिजन कार्यालयका एक र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका एक गरी १४ कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण