शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जनतन्त्रकाे रक्षार्थ प्रचण्डसँग सहकार्य गर्न सकिन्छ : गोपाल किराँती

मङ्गलबार, ०७ पुस २०७७, १३ : ४१
मङ्गलबार, ०७ पुस २०७७


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि राजनीतिक धु्रवीकरणको प्रक्रिया तीब्रभएको छ । उनको यो कदमलाई असंवैधानिक भन्दै कानूनी मोर्चाबाट लडाइँहरु लड्ने क्रम शुरु भएको छ । यसैक्रममा विभिन्न राजनीतक दलहरुबीच सहकार्य र गठबन्धनका कोशिश र तयारीहरु पनि चल्न थालेका छन् ।

यसै सिलसिलामा रातोपाटीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले ओलीको असंंवैधानिक कदमको प्रतिरोधमा सडक आन्दोलनको आँधीवेहोरी खडा गर्नुपर्ने र त्यस दिशामा आफ्नो पार्टी सक्रियतापूर्वक लागिसकेको जनाएका छन् । ओलीको कदमको प्रतिरोधमा प्रचण्ड समूहसँग तालमेल र सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा जवाफ दिँदै किराँतीले भनेका छन् – ‘नेकपाले पार्टीबाट ओलीलाई कारवाही गरी निष्काशन गर्छ भने जनतन्त्रको रक्षार्थ प्रचण्डसँग सहकार्य गर्न सकिन्छ ।’

स्मरण रहोस्, किराँती यसअघि प्रचण्डले नेतृत्व गरेका एकीकृत माओवादी पार्टीमै थिए । पछि ‘प्रचण्डले क्रान्ति र जनतालाई धोका दिएको’ भन्दै उनले अलग्गै नेकपा माओवादी केन्द्र पार्टी खोलेर राजनीति गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप