जनतन्त्रकाे रक्षार्थ प्रचण्डसँग सहकार्य गर्न सकिन्छ : गोपाल किराँती
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि राजनीतिक धु्रवीकरणको प्रक्रिया तीब्रभएको छ । उनको यो कदमलाई असंवैधानिक भन्दै कानूनी मोर्चाबाट लडाइँहरु लड्ने क्रम शुरु भएको छ । यसैक्रममा विभिन्न राजनीतक दलहरुबीच सहकार्य र गठबन्धनका कोशिश र तयारीहरु पनि चल्न थालेका छन् ।
यसै सिलसिलामा रातोपाटीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले ओलीको असंंवैधानिक कदमको प्रतिरोधमा सडक आन्दोलनको आँधीवेहोरी खडा गर्नुपर्ने र त्यस दिशामा आफ्नो पार्टी सक्रियतापूर्वक लागिसकेको जनाएका छन् । ओलीको कदमको प्रतिरोधमा प्रचण्ड समूहसँग तालमेल र सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा जवाफ दिँदै किराँतीले भनेका छन् – ‘नेकपाले पार्टीबाट ओलीलाई कारवाही गरी निष्काशन गर्छ भने जनतन्त्रको रक्षार्थ प्रचण्डसँग सहकार्य गर्न सकिन्छ ।’
स्मरण रहोस्, किराँती यसअघि प्रचण्डले नेतृत्व गरेका एकीकृत माओवादी पार्टीमै थिए । पछि ‘प्रचण्डले क्रान्ति र जनतालाई धोका दिएको’ भन्दै उनले अलग्गै नेकपा माओवादी केन्द्र पार्टी खोलेर राजनीति गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण