नेपालको होटलमा आपत्तिजनक स्थितीमा भेटिएका भारतका तीन न्यायाधीश बर्खास्त
भारतको बिहारमा तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । तीनै न्यायाधीश केही वर्ष अघि नेपालमा महिलासँग एक होटलमा आपत्तिजनक स्थितीमा भेटिएका थिए ।
राज्यको सामान्य प्रशासन विभागले सोमबार यसबारे सूचना जारी गरेको हो । सूचनाका अनुसार हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम बर्खास्तीमा परेका हुन् ।
यो बर्खास्ती १२ फेब्रुअरी २०१४ देखि लागू हुने र तीनै न्यायाधीश सेवानिवृत्तिपछि पाइने लाभबाट वञ्चित हुने सूचनामा जानकारी दिएको छ ।
समाचार एजेन्सी पिटिआईका अनुसार त्यतिबेला हरि निवास गुप्ता परिवार न्यायालय, समस्तीपुरका प्रधान न्यायाधीश, जितेन्द्र नाथ सिंह अररियामा अतिक्ति जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश– सह–मुख्य न्यायिक मजिस्ट्रेटको पदमा थिए ।
उनीहरुलाई विराटनगरको एउटा होटलमा नेपाल प्रहरीले छापामारीको क्रममा पक्राउ गरेको थियो । पछि उनीहरुलाई छोडिएको थियो तर यो घटना मिडियामार्फत् जानकारीमा आएको थियो ।
पटना हाइकोर्टमा उनीहरुविरुद्ध अनुसन्धानको आदेश दिइएको थियो जसमा उनीहरु दोषी पाइए उनीहरुलाई बर्खास्त गर्ने सिफारिस गरियो ।
अधिकारीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए जुन गत वर्ष खारेज गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण