बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहका प्रश्नले हैरान आलिया,भनिन्–‘अहिले सानै छु, विवाहको मुड छैन’

बुधबार, ०८ पुस २०७७, १३ : ५०
बुधबार, ०८ पुस २०७७

मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टका विवाह खबरले बलिउड गर्माएको छ । केही समय अगाडि यो जोडीको यहि डिसेम्बरमा विवाह हुने हल्ला समेत चलेको थियो । विवाहको बिषयमा चलेको हल्लाको बिषयमा आलिया हरेक समय मौन रहँदै आएकी थिइन् । अहिले भने उनले मौनता  तोड्दै आफु सानै भएकोले विवाह गर्ने मुडमा आफु नरहेको बताएकी छन् ।

‘हरेकले किन मलाई सोधिरेहका छन् । कहिले विवाह गर्ने भनेर ?’ उनले अगाडि भनिन् ‘म अहिले २५ वर्षकी भए । मलाई लाग्छ अहिले विवाह गर्नु छिटो हुन्छ ।’ रणवीर र आलिया जोडीलाई पछिल्लो समय फ्यानले पनि रुचाएका छन् । कयौंपटक कपुर परिवारको कार्यक्रममा आलिया रणवीर एकसाथ देखिएका छन् । यहाँसम्मकी ऋषि कपुरको निधनको समय पनि पुरै कपुर परिवारको साथमा आलिया समेत रहेकी थिइन् ।

कामको कुरागर्ने हो भने आलिया र रणवीर छिट्टै आयान मुखर्जीको फिल्म ‘ब्रहस्त्र’मा देखिदैछन् । दुबै एकसाथ देखिन लागेको यो पहिलो फिल्म हो । यस फिल्मको अलवा आलिया ‘गंगुबाई कठियावाडी’मा पनि देखिनेछिन् । फिल्मको निर्देशन संजय लिला भंसालीले गर्दैछन् । रणवीर भने ‘शमशेरा’मा देखिनेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप