विवाहका प्रश्नले हैरान आलिया,भनिन्–‘अहिले सानै छु, विवाहको मुड छैन’
मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टका विवाह खबरले बलिउड गर्माएको छ । केही समय अगाडि यो जोडीको यहि डिसेम्बरमा विवाह हुने हल्ला समेत चलेको थियो । विवाहको बिषयमा चलेको हल्लाको बिषयमा आलिया हरेक समय मौन रहँदै आएकी थिइन् । अहिले भने उनले मौनता तोड्दै आफु सानै भएकोले विवाह गर्ने मुडमा आफु नरहेको बताएकी छन् ।
‘हरेकले किन मलाई सोधिरेहका छन् । कहिले विवाह गर्ने भनेर ?’ उनले अगाडि भनिन् ‘म अहिले २५ वर्षकी भए । मलाई लाग्छ अहिले विवाह गर्नु छिटो हुन्छ ।’ रणवीर र आलिया जोडीलाई पछिल्लो समय फ्यानले पनि रुचाएका छन् । कयौंपटक कपुर परिवारको कार्यक्रममा आलिया रणवीर एकसाथ देखिएका छन् । यहाँसम्मकी ऋषि कपुरको निधनको समय पनि पुरै कपुर परिवारको साथमा आलिया समेत रहेकी थिइन् ।
कामको कुरागर्ने हो भने आलिया र रणवीर छिट्टै आयान मुखर्जीको फिल्म ‘ब्रहस्त्र’मा देखिदैछन् । दुबै एकसाथ देखिन लागेको यो पहिलो फिल्म हो । यस फिल्मको अलवा आलिया ‘गंगुबाई कठियावाडी’मा पनि देखिनेछिन् । फिल्मको निर्देशन संजय लिला भंसालीले गर्दैछन् । रणवीर भने ‘शमशेरा’मा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण