बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही

बुधबार, ०८ पुस २०७७, २१ : ०५
बुधबार, ०८ पुस २०७७

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने अभियान थालेको छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका साइलेन्सर तानेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी गराए ।

सडकमा हिँड्ने नागरिकलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने ३५ वटा बुलेट मोटरसाइकलका साइलेन्सर निकालेको प्रमुख आचार्यले बताए । उहाँले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरेको बताए । “नयाँ मोटरसाइकल खरिद गर्दा हुने वास्तविक ध्वनिलाई मोडिफाइ गरेर ध्वनि बढाइएको पाएपछि कारवाहीका लागि साइलेन्सर तानेका हौँ”, आचार्यले भने, “सवारी ध्वनिले वीरेन्द्रनगर बजार क्षेत्रमा साइलेन्सर मोडिफाइ नगर्ने प्रतिबद्धता जनाएपछि मात्रै कारवाही गरेर छाड्ने छौँ ।”

उनले सवारी मापदण्डअनुसार आफूखुशी स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज निकाल्ने सवारी देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप