बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद पुनर्स्थापना हुनुपर्छ: चित्रबहादुर केसी

बिहीबार, ०९ पुस २०७७, १४ : २८
बिहीबार, ०९ पुस २०७७

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले सनकको भरमा संसद विधटन गरेको भन्दै संसद पुनःस्थापनाको माग गरेका छन् । रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै  संसद पुनःस्थापनाको माग गरेका हुन् ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको आँखा त्यतातर्फ गएको बताउँदै उनले संसद पुनर्स्थापनाको पक्षमा फैसला हुनुपर्नेमा जोड दिए । उनले सडकबाट पनि संसद स्थापना भएको इतिहासको स्मरण गर्दै संसद पुनरस्थापना बाहेक अर्को विकल्प नभएको बताए । अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भइरहेका बेला प्रधानमन्त्रीको निर्णयले त्यस्ता शक्तिहरूलाई बाटो खोलिदिएको दाबी गरे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले प्रदेश संरचना खारेज गनुपर्नेमा जोड दिए । विदेशी शक्ति केन्द्रको दबाव र स्वार्थका लागि नेपालका ठूला भनिएका दलहरूले संघीयता बोकेको दाबी गर्दै उनले उक्त संरचना खारेज गर्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप