कानून निर्माणमा सरकारको ध्यान जानुपर्छ : उपसभामुख घर्ती
कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले कानून निर्माणमा सरकारको आवश्यक ध्यान जानुपर्ने कुरा सुझाएकी छन् । नेपाल कानून समाज नागरिक संवाद केन्द्र कर्णाली प्रदेश तथा कर्णाली प्रदेश मामिला तथा विधायन समितिको संयुक्त आयोजनामा सरोकारवालाहरुसँग शुक्रबार भएको छलफल कार्यक्रममा उपसभामुख घर्तीले जनताको अपेक्षानुसार विकास तथा कानून निर्माण हुन नसकेको टिप्पणी गरिन्।
कानून निर्माणका लागि संसद् र विभिन्न समितिको सम्बन्ध नङ र मासुको जस्तो हुने भन्दै उनले यसमा सरकारले ‘बिजनेस’ दिनुपर्नेमा जोड दिएकी थिइन् । उनले अगाडि भनिन्, “सांसदको काम कानून तथा नीति, नियम निर्माण गर्ने हो, विकास निर्माणमा तल्लीन हुने होइन । निर्माण भएका ऐन, कानूनहरुको कार्यान्वयनमा भने सरकारले गर्ने हो ।”
भौगोलिक हिसाबले कर्णाली प्रदेशका विकट जिल्लाका सासंदहरु भनेकै समयमा उपस्थिति हुन नसक्दा प्रदेशमा नयाँ कानून निर्माणमा समस्या भएको उपसभामुख घर्तीको भनाइ थियो । उनले कानून निर्माणमा प्रदेश सरकार कमजोर रहेकोसमेत जिकिर गरे । बनेका कानून केही स्थानीय तहमा कार्यान्वयन नभएको गुनासोले आपूmलाई गम्भीर बनाएको उनले जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण