जाजरकोटको मकै देशका ठूला शहरमा
बर्सेनि खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो ।
अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । गाउँबाट प्रतिपाथी रु १०० मा बिक्री भइरहेको उनको भनाइ छ ।
चार वर्षदेखि मकैको बीउ उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागेको कृषि शाखाले छिटो समयमै तीव्ररूपमा काम हुँदा अहिले जिल्ला बाहिर बिक्रीका लागि पठाउन शुरु गरेको हो । भेरी नगरपालिका–७ रुपाकोट, चौरटोलमा १० हेक्टर जमिनमा मकैको बीउ उत्पादन कार्य बर्सेनि हुँदै आएको छ । नगरपालिकाभित्र बाहिरबाट बीउ ल्याएर मकै लगाउनुपर्ने अवस्था अन्त्य भएको कृषकले बताएका छन् ।
मकैको बीउलाई किराबाट जोगाउनका लागि मकै उत्पादन भण्डारण केन्द्र स्थापना गरी कामसमेत भइरहेको छ । विद्युत् र सडकमा सहज पहुँच छिटो बनाउन केन्द्रका स्थानीयवासीले माग गरेका छन् । रुपाकोटमा लेभलिङ, प्याकेजिङ र ग्रेडिङको काम शुरु भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–५ रघुनाथलाई मकैको पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यस वर्ष नयाँ ठाउँमा विस्तार अभियानमा रहेको कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिए ।
नलगाडबाट मात्र बर्सेनि ७०० क्विन्टलभन्दा बढी मकै बाहिरी जिल्लामा बिक्री हुने गरेको छ । लहँ, हल्चौर र डाँडागाउँमा बढी मकै उत्पादन गरिँदै आएको छ । उत्पादनका हिसाबले भेरी र नलगाड नगरपालिका राम्रो मानिन्छ । सडकको सहज पहुँचसमेत पुगेको क्षेत्रका रूपमा यी स्थानीय तह पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण