होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले बोलायो आमाछोदिङ्गमो भेला

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले आमाछोदिङ्गमो भेला गर्ने भएको छ । कोभिड–१९ का कारण खस्केको समग्र प्रदेशको होटल, पर्यटन तथा व्यापार व्यवसाय पुनः लयमा फर्काउन र सोको उपायको खोजिका लागि संघले रसुवाको गत्लाङ्ग, आमाछोदिङ्गमोमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
संघले आगामी पुस १५ गते आमाछोदिङ्गमोमा प्रदेश स्तरिय विशेष अन्तिरक्रिया तथा छलफल कार्यक्रमको राखेको छ । उक्त भेलामा विशेषतः कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर, चुनौति र समाधानका उपायहरुको खोजि गरिने होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीका महासचिव दामोदर नेपालले रातोपाटीसँग बताए ।
बागमती प्रदेशका १३ वटै जिल्लाका संघका प्रतिनिधि सदस्य, होटल तथा पर्यटन व्यवसायीहरु, स्थानीय जनप्रतिनिधिहरु, होटल तथा पर्यटन व्यवसायी महासंघका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरुको समेत सहभागिता रहने उक्त भेलाले संघको दोस्रो साधारण सभा समेत सम्मपन्न गर्ने महासचिव नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स