शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

पूर्व प्रेमीसँग विमानमा ठोक्किन पुगिन् नव विवाहित गौहर खानः कुशाल टन्डनले भने, ‘हरे, भाग्य’

सोमबार, १३ पुस २०७७, १३ : ४१
सोमबार, १३ पुस २०७७

नायिका गौहर खानको जैद दरबारसँग विवाह भएको छ । विवाहको दुई दिनपछि नै नायिका आफ्नो काममा फर्किइन् । उनी आइतबार सुटिङका लागि लखनउ गइन् । यतिबेला उनको विमानमा आफ्ना पूर्व प्रेमी कुशाल टन्डनसँग अचानक भेट भयो । 

कुशाल टन्डनले सोसल मिडियामा तीनवटा भिडियो सेयर गरेका छन् । भिडियोमा कुशाल र गौहर सँगै देखिएका छन् । भिडियो सेयर गर्दै कुशालले लेखे, ‘एउटा प्यारो संयोग, विवाहको बधाई छ गौहर खान ।’

भिडियोमा कुशालले भनिरहेका छन्, ‘म आफ्नो होमटाउन जाँदै छु, हेर्नुहोस् त मैले कसलाई भेटेँ, प्यारी साथीलाई । हाम्रो संयोगवश भेट भएको हो, मैले उनको पिछा गरिरहेको होइन ।’ यो सुनेर गौहर हाँस्न थाल्छिन् । 

‘उनी निकै सुन्दर देखिएकी छिन् । म तपाईंको लागि निकै खुसी छु । सायद मैले तपाईंलाई भेटेरै शुभकामना दिनु थियो होला । विवाहको बधाई गौहर ।’ अन्तिममा उनले भने, ‘हरे, भाग्य ।’

स्मरण रहोस्, गौहर खान र कुशाल टन्डनले बी बस ७ मा भाग लिएका थिए । गौहर यो कार्यक्रमकी बिजेता बनेका थिइन् । यहाँबाट नै यी दुईबीच प्रेम सुरु भएको थियो । 

बिग बसबाट निस्किसकेपछि पनि दुबै सम्बन्धमा रहे । तर अचानक यी दुईले अलग बाटो रोजे । गौहर र कुशालको ब्रेकअपको निकै चर्चा भएको थियो । 

अब गौहरको विवाह भइसकेको छ । २५ डिसेम्बरमा जैद दरबारसँग उनको विवाह भएको हो । गौहरको विवाहको तस्बिर सोसल मिडियामा निकै रुचाइएका छन् । प्रशंसकलाई गौहर र जैदको जोडी निकै मन परेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप