शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दलको बैठकले शाक्यलाई नेता घोषणा गर्दै

बुधबार, १५ पुस २०७७, ११ : ४४
बुधबार, १५ पुस २०७७

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो ।

मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठकले केही औपचारिक निर्णयहरु गर्नलाई बैठक डाकेको बताइन् ।

उनले नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडा दलको बैठक सुरु भएको जानकारी पनि दिइन् ।

शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् । तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ । आजको बैठकले शाक्यलाई दलको नेता घोषणा गर्ने एक सांसदले जनाकरी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप