बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोपलाई मान्यता

लन्डन । अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको खोपले आज मान्यता पाएको छ । मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आम मानिसमा खोप वितरण गर्ने बाटो खुलेको हो । बेलायतमा आम मानिसको प्रयोगका लागि मान्यता पाएको कोरोना विरुद्धको यो दोस्रो खोप हो ।
बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपको अनुमतिले ठुलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकैदिन ५३ हजार संक्रमित थपिएका थिए । सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड–एस्ट्राजेनेका तथा फाइजर(बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ । एक डोजको मूल्य दुईदेखि तीन पाउण्डसम्म पर्ने सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त खोप पनि फाइजर( बायोएनटेक जस्तै प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ ।
हाल बेलायत लगायत विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरुपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड–एस्ट्राजेनेकाको एक सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ, जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ ।
बेलायत सरकारले फाइजर(बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजारभन्दा बढीले फाइजर खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म