कुमारको ‘सम्बन्ध’ माघमा
काठमाडौं । पारिवारिक बिषयबस्तुमा मिलन, द्वन्द्व, तिरस्कार र प्रेमलगायत समेटिएको शृङ्खला ‘सम्बन्ध’का आगामी माघ ३ गतेबाट प्रशारणमा आउने भएको छ । शृङ्खला प्राइम टेलिभिजनबाट प्रसारण हुन लागेको निर्देशक कुमार आचार्यले बताए ।
शशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारी, बिन्दिया शाही, सरोज दाहाल, अञ्जना श्रेष्ठ र बिनिशा सेवालगायतको अभिनय रहेको शृङ्खला काठमाडौंका विभिन्न स्थानमा छायाँकन भएको हो ।
शृङ्खलामा रामेश्वर हुमागाईंको छायाँकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नविन पन्तको गीत, उषा मलह(सिम्रन)को स्वर र गौतमराज खड्काको सम्पादन रहेको छ ।
करुणा आचार्य प्रस्तुतकर्ता रहेको शृङ्खलाको सरला भण्डारी र अन्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्माता रहेका छन् । शृङ्खलाको अहिले ट्रेलर सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु