शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म

बिहीबार, ०८ जेठ २०८२, २३ : ५१
बिहीबार, ०८ जेठ २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. बैठकमा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् ।

२. स्वार्थको खेलमा मुख्यसचिव
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती कर्मचारी विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने सहमति भएलगत्तै उक्त सहमति उल्ट्याउन मुख्यसचिवदेखि सचिवसम्म शक्ति केन्द्र धाउन थालेका छन् । प्रस्तावित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा २ वर्षे कुलिङ पिरियड राख्ने समितिमा सहमति भैसकेको छ । सेवा अवधि सकिएको निश्चित समयभित्र कुनै संवैधानिक वा राजनीतिक नियुक्ति लिन नपाउने व्यवस्थालाई कुलिङ पिरियडको रुपमा लिने गरिएको छ ।  तर, स्वार्थमा खेलमा लागेर सोही कुलिङ पिरियड उल्ट्याउन मुख्यसचिव एकनारायण अर्यालकै नेतृत्वमा सचिवहरूले शक्तिकेन्द्र र नेताहरूको घरदैलोमा अस्वाभाविक रूपमा दौडधुप गरिरहेका हुन् ।

३. अदालत
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । लामिछाने, जोशी र सरकारी वकिलको तर्फबाट बहस सकिएकोमा भोलि जाहेरवालाको तर्फबाट बहस भएपछि जवाफी बहस सुरु हुनेछ । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्दैछन् ।

४. भिजिट भिसा प्रकरण
पर्यटक भिसा लगाएर बिदेसिनेहरूसँग असुल्न अध्यागमन विभागका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले यूएई र कुवेत जाने महिलाहरूबाट मोटो रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । आयोगका एक उच्च अधिकारी ३ दिनअघि मात्र उजुरी आएको बताउँछन् । तर, अख्तियार स्रोतका अनुसार अगाडिदेखि नै सूक्ष्म रुपमा अनुसन्धान भइरहेको थियो । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख ९सहसचिव० तीर्थराज भट्टराईमाथि अनुसन्धान केन्द्रित गरेको थियो । तर, सो सूचना चुहिएपछि गृहमा हलचल मच्चियो । र जेठ ६ मा भट्टराईलाई गृहमन्त्री रमेश लेखकले मन्त्रालय ताने । भट्टराईसँगै अरू ८ जना नायब सुब्बाहरू पनि मन्त्रालयमा सरुवा भएका छन् । अध्यागमन विभागका एक अधिकृत भन्छन्, ‘सुब्बाहरू पनि कारबाही भोगेका र विवादित पृष्ठभूमिका थिए ।’

५. मन्त्रिपरिषद् निर्णय
मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेलको नियुक्तिदेखि  केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।

६. समिति बैठक
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबिच बाझाबाझ भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि विवाद भएको हो । बैठकको सुरुमै मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए ।

७. वाम विग्रह
पटक पटक विभाजनको मार खेपेको नेपाल समाजवादी पार्टी (नेसपा)भित्र फेरि अन्तरविरोध उत्कर्षमा छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा नेसपाका तत्कालीन अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महिन्द्र राय यादवबिच विवाद हुँदा २०८० चैत ३ गते विभाजन भएको थियो ।

८. मधेसमा मन्त्रिपरिषद्
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।

९. एनआरएनए
परराष्ट्र मन्त्रालयले एकता महाधिवेशनबाट निर्वाचित भएको महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिबारे सबै नेपाली दूतावासलाई सर्कुलर पठाएको छ । परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्वाचित भएको जानकारीसहित बिहीबार सबै दूतावासलाई सर्कुलर पठाएको हो । सचिवालयबाटै काम गर्दै आएको बद्री केसी नेतृत्वको अर्को एनआरएनएलाई झट्का लाग्नेगरी परराष्ट्रले पत्राचार गरेको हो ।

१०. सेयर बजार
साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९।१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

११. झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा  १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । 

२. ‘संस्कार मैले राम्ररी बुझेको छु ’
कलाकार दीपकराज गिरीले करिब ८ वर्षपछि फिल्म ‘नरसिंहा स् अवतार’ मार्फत अभिनयमा कमब्याक गरेका अभिनेता राजेश हमाललाई सफलताको शुभकामना दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप