पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
वीरगञ्ज । जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिईन् ।
‘महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता छन्’ उनले भनिन्, ‘जहाँ पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छ भने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना छ।’ कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्ना नाम राख्न इच्छुक हुँदै गइरहेका छन् ।
वीरगञ्ज महानगरमा अन्य समुदायका मतदाता सङ्ख्या भने चार जना छन् । कार्यालयका अनुसार छिपरमाई गाउँपालिकामा १५ हजार ९७२, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन् ।
पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना रहेका छन् । त्यसैगरी विन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ र सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ मतदाता छन् । कालिकामाई गाउँपालिकामा १३ हजार २८२, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ र ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना छन् । पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३, पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना मतदाता रहेका छन् ।
त्यस्तै पोखरिया नगरपालिकामा २० हजार ४३ र बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना मतदाता रहेका छन् । पर्सामा अन्य समुदायका १५ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण