तेलुगु अभिनेता नरसिंह यादवको निधन
शुक्रबार, १७ पुस २०७७, १५ : ५०
एजेन्सी । तेलुगु अभिनेता नरसिंह यादवको ५७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार राति हैदरावादमा उनको निधन भएको हो । गत अप्रिलमा उनी किड्नीसम्बन्धी समस्यासँग जुधिरहेको समाचार सार्वजनिक भएको थियो । हैदरावादको एक निजी अस्पतालमा उनको उपचार चलिरहेको थियो । पछिल्लो हप्ता यादवको स्वास्थ निकै बिग्रिएको थियो ।
नरसिंह यादव पछिल्ला ४० वर्षदेखि तेलुगु फिल्म उद्योगमा सक्रिय थिए । क्षण क्षणमा, मनी मनी, पोकिरीलगायत उनका फिल्म निकै चलेका थिए । १९७९ मा रिलिज भएको हेमा हिमिलू नामक फिल्ममार्फत उनले करियर सुरु गरेका थिए । अन्तिमपटक उनी २०१७ मा रिलिज भएको कैदी नम्बर १५० मा देखिएका थिए । नरसिंह यादव आफ्नो कमेडी अन्दाजका कारण पनि निकै लोकप्रिय छन् । उनले ३ सयभन्दा धेरै तेलुगु फिल्ममा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण