स्थिरता कायम गर्न सरकारले संसद विघटन गरेको होः गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताएका हुन् ।
सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताए । उनले भने– ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो की असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो की अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’
संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनरस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनले बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनुपर्ने पनि नेता थापाले बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद पुनरस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण