सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्सपेक्टर पुरी पर्साको ‘उत्कृष्ट’ प्रहरी घोषित

शुक्रबार, १७ पुस २०७७, २२ : ११
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । पर्सास्थित वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी निरीक्षक राजेशराज पुरीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरीको अवार्डले सम्मान गरेको हो । शुक्रवार पर्साकी एसपी गंगा पन्तले उनलाई नगद पुरस्कार सहित ‘उत्कृष्ट प्रहरी’ अवार्डले पुरस्कृत गरेकी हुन् ।

इन्सपेक्टर राजेशराज पुरीले पर्सामा जघन्य अपराध नियन्त्रण, अवैध हातहतियार पक्राउ, लागुऔषध  र अबैध रुपमा स्टोर गरेर राखिएको चाँदी बरामद गर्न भूमिका खेलेका थिए । पुराना अपराधको सफल अनुसन्धान गरेका पुरीले भन्सार चोरी, निकाशी तथा पैठारी नियन्त्रण गरेर राजस्व संकलनमा योगदान गरेको जिप्रका पर्साले जनाएको छ ।

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा स्टाफ अधिकृतको रुपमा कार्यरत पुरी इन्डियन पुलिस सर्भिस (आईपिएस) तामिल–०७४ मा उत्कृष्ट भएका थिए ।

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप