इन्सपेक्टर पुरी पर्साको ‘उत्कृष्ट’ प्रहरी घोषित
काठमाडौं । पर्सास्थित वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी निरीक्षक राजेशराज पुरीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरीको अवार्डले सम्मान गरेको हो । शुक्रवार पर्साकी एसपी गंगा पन्तले उनलाई नगद पुरस्कार सहित ‘उत्कृष्ट प्रहरी’ अवार्डले पुरस्कृत गरेकी हुन् ।
इन्सपेक्टर राजेशराज पुरीले पर्सामा जघन्य अपराध नियन्त्रण, अवैध हातहतियार पक्राउ, लागुऔषध र अबैध रुपमा स्टोर गरेर राखिएको चाँदी बरामद गर्न भूमिका खेलेका थिए । पुराना अपराधको सफल अनुसन्धान गरेका पुरीले भन्सार चोरी, निकाशी तथा पैठारी नियन्त्रण गरेर राजस्व संकलनमा योगदान गरेको जिप्रका पर्साले जनाएको छ ।
सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा स्टाफ अधिकृतको रुपमा कार्यरत पुरी इन्डियन पुलिस सर्भिस (आईपिएस) तामिल–०७४ मा उत्कृष्ट भएका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
