सन हेङ मिनको १ सयौं गोल, टोट्टेनह्याम विजयी
एजेन्सी । दक्षिण कोरियाली फुटबलर सन हेङ मिनले टोट्टेनह्याम हटस्पर्शको जर्सीमा १ सय गोल गरेका छन् । उनको गोलको सहयोगमा टोट्टेनह्यामले शनिबार लिड्स युनाइटेडलाई ३–० ले हरायो । यससँगै १६ खेलबाट २९ अंक बटुलेर तेस्रो स्थानमा उक्लिएको टोट्टेनह्याम शीर्ष स्थानको लिभरपुलभन्दा केवल ४ अंकले पछि छ ।
टोट्टेनह्यामबाट २९ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए । ४३ औं मिनेटमा सन हेङ मिनले अर्को गोल गरे । त्यस्तै, खेलको ५० औं मिनेटमा टोबी एल्डरवाइरेल्डले हेड गोल गर्दै टोट्टेनह्यामलाई ३–० ले अघि बढाए ।
सन् २०१५ देखि टोट्टेनह्याममा आबद्ध भएका मिनले प्रिमियर लिगमा गरेको यो ६५ औं गोल हो । त्यस्तै, टोट्टेनह्यामको जर्सीमा उनले गरेको ंयो १ सयौं गोल हो । यससँगै यस सिजन प्रिमियर लिगमा मिनको गोलसंख्या १२ पुुगेको छ । मिनले टोट्टेनह्यामका लागि ५ वर्षको अवधिमा एफए कपमा १२, लिग कपमा ३ र युुरोपेली प्रतिस्पर्धामा २० गोल गरेका थिए ।
‘म मेरा सहकर्मीहरुप्रति निकै आभारी छुु र धेरै खुसी छु । मैले एक्लैले यो सबै गर्ने होइन, यस उपलब्धिका लागि मलाई ठूलो सहयोग आवश्यक पर्याे । एउटा टोलीबाट १ सय गोल गर्नु ठूलो कुरा हो । मलाई गर्व लागेको छ । नयाँ वर्षमा यो राम्रो सुरुवात हो’ खेलपछि मिनले भने । दक्षिण कोरियाका कप्तानसमेत रहेका मिनले ८९ अन्तर्राष्ट्रिय खेलमा देशका लागि २६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण