जाडो मौसममा बालबालिकालाई ध्यान दिनुपर्ने कुरा
जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने मुख्य समस्या श्वासप्रश्वाससम्बन्धी हो । त्यसमा रुघाखोकी, नाक बन्द हुने, घाँटी दुख्ने, टन्सिल लगायतका समस्या हुन्छन् । उनका अनुसार चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनियाको समस्या देखा पर्छ । विभिन्न प्रकारका भाइरसबाट यी रोग लाग्ने गर्दछ । श्वास नलीमा सङ्क्रमण हुने, दमको समस्या पनि हुन्छ ।
जाडोमा बालबालिकालाई झाडापखाला पनि हुने गरेको जानकारी दिँदै डा. पौडेलले रोटा भाइरसले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई सताउने गरेको जानकारी दिए । उनले भने, “सरसफाइको कमी भयो भने छालाको सङ्क्रमण हुने गर्दछ ।” चिसोमा सरसफाइको कमी हुने र छालासम्बन्धी रोगले सताउने गर्दछ । छालाको समस्यामा जुम्रा पर्ने, चायाँ पर्ने गर्छ भने कतिपय अवस्थामा सुक्खा छाला भएर पनि समस्या उत्पन्न हुन्छ । चिकित्सकले यसलाई फङ्गल सङ्क्रमण भनेका छन् ।
चिकित्सकका अनुसार जाडोको समयमा घरको भ्यालढोका बन्द गरेर राति सुत्दा थप जटिलता हुन्छ । झ्यालढोका थुनेर हिटर तापेर बस्नाले कार्बन मोनोअक्साइड हुने र मानिसको मृत्युसमेत हुने गर्दछ । हिटर तापेर बस्ने हो भने पनि हावा लाग्ने ठाउँ छोड्नुपर्ने हुन्छ । बच्चालाई धेरै तातो बनाउने क्रममा भित्रभित्रै पसिना आएर बच्चा भिज्ने र निमोनियाको समस्या देखा पर्ने हुनाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाउँछन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण