देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै, लिम्पियाधुरामा के होला ?
देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।
यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ । पूर्णगणना विधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गणना गरिने विभागले जनाएको छ । उक्त क्षेत्रमा २०१८ सालसम्म जनगणना भएको थियो । भारतले कब्जा गरेका लिम्पियाधुरा छेउका गब्र्याङ, नाभी र गुन्जी त्यो बेला नेपालमै थिए । अहिले वर्तमान सरकारले सो भूभाग आफ्नो भएको भन्दै नेपालको नक्सामै समेटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण