अमेरिकाले फेरि भन्यो–एमसीसी छिटो अनुमोदन हुनुपर्छ
आइतबार, १९ पुस २०७७, ०७ : ५८
एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् ।
‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’, उनले भनिन् ।
विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको खबर कान्तिपुरले छापेको छ । अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण