कोरोनाको रिपोर्ट किन फरक–फरक ? यस्तो छ अध्ययनको निष्कर्ष
आइतबार, १९ पुस २०७७, ०८ : १५
कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोभिड–१९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनले यस्तो नतिजा देखाएको हो ।
परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले कुनै अस्पताल वा प्रयोगशालाले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको बताए ।
उनले भने, ‘नाकबाट स्वाब संकलन गर्दा आवश्यक तालिमप्राप्त व्यक्ति चाहिन्छ । यो राम्ररी गरेको पाइएन ।’
देशभरका ६४ प्रयोगशालामा अध्ययन गरिएको थियो जसमा ४३ वटा सरकारी र २१ वटा निजी प्रयोगशाला समावेश थिए । कान्तिपुरमा खबर छापिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण