सभापति देउवाद्वारा दुःख व्यक्त
आइतबार, १९ पुस २०७७, १९ : ५७
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज ७५ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाजु हुन् ।
निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत रहेका थिए । तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका विज्ञ सल्लाहकारका रुपमा रहेर उनले काम गरेको समेत पार्टी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण