शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा दुःख व्यक्त

आइतबार, १९ पुस २०७७, १९ : ५७
आइतबार, १९ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज ७५ वर्षको उमेरमा निधन भएको हो । 

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाजु हुन् ।
 
निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत रहेका थिए । तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका विज्ञ सल्लाहकारका रुपमा रहेर उनले काम गरेको समेत पार्टी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप