विमानमा कोरोनासंक्रमितः निगमका तीन कर्मचारीलाई कारवाही
मलेसियाको उडानबाट गत बुधबार कोभिड संक्रमित बिरामीलाई काठमाडौँ पठाउने नेपाल वायु सेवा निगमका तीन जना कर्मचारीलाई क्वाललम्पुरबाट फिर्ता बोलाइएको छ । निगमका एक उच्च अधिकारीका अनुसार त्यहाँको स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, फाइनान्स प्रमुख इन्द्र थापा र स्टेसन म्यानेजर युवराज आचार्यलाई निगमले काठमाडौँ फिर्ता बोलाएको हो ।
गत बुधबार निगमको क्वाललम्पुर–काठमाडौँका लागि भएको उडानमा आएका १ सय ४५ यात्रुमध्ये रौतहट घर भएक एक जना कोरोनाका बिरामी रहेको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य सेवा विभागले राखेको हेल्थ डेस्कमा कागजात जाँच गर्ने क्रममा ती यात्रुको साथमा रहेको पीसीआर जाँचको रिपोर्ट नै पोजेटिभ भेटिएको थियो ।
उक्त उडानमा ती यात्रुसँगसँगै बसेका तथा घुमिल भएका अन्य ५४ यात्रुलाई काठमाडौँको गौशालास्थित होटल क्वारेन्टिनमा राखिएको छ । ती यात्रुको होटल तथा पीसीआर जाँच खर्च पनि निगमकै तीनै जना कर्मचारीबाट असुलउपर गरिने भएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण