शिमलामा गौतमसँग रोमान्टिक काजल
मुम्बई । अभिनेत्री काजल अग्रवाल अहिले शिमलामा छिन् । पति गौतम किचलुसँग छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । नयाँ वर्षको स्वागत समेत उनले त्यहीबाट गरेकी थिइन् । शिमलाको चिसो मौसममा उनी अहिले पति गौतमसँग निकै मस्ती गरिरहेकी छन् । काजलले पतिका साथको तस्बिर समेत सामाजिक सञ्जालबाट लगातार सार्वजनिक गरिरहेकी छन् । जसलाई फ्यानले समेत रुचाएका छन् ।
तस्बिरमा अभिनेत्री सेतो टप र कालो पाइटमा देखिएकी छन् । कालो कोट र कालै जुत्ता पनि उनले लगाएकी छन् । विन्टर क्याप र चस्मा पनि उनले लगाएको देख्न सकिन्छ । गौतम भने विन्टर आउटफिटमा देखिएका छन् । काजलले पति गौतमसँग बरफमा खेलेको समेत देख्न सकिन्छ ।

काजल र गौतमले लामो समयको प्रेमलाई गत अक्टुबरमा विवाहमा परिणत गरेका थिए । दुबैको विवाह समारोह मुम्बईको फाइभ स्टार होटलमा भएको थियो । विवाह समारोहमा दुबै तर्फका नजिकका साथी आफन्तमात्र सहभागी थिए ।
काजलले २००४ मा बलिउड डेब्यु गरेकी थिइन् । तेलूगु फिल्म अभिनयबाट उनले ४ पटक फिल्म फ्यर अवार्ड हात परेकी छन् । काजल छिट्टै फिल्म ‘मुम्बई सागा’ मा देखिँदैछिन् । फिल्ममा जोन अब्राहम, इमरान हाशमी, ज्याकी श्राप, सुनिल सेट्टी, प्रतिक बब्बर, गुलशन ग्रोवर, अमोल गुप्ते, रोहितराय लगायत देखिदैछन् । फिल्म सञ्जय गुप्ताले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण