होसियार ! उपत्यकामा वायु प्रदूषण हवात्तै बढ्यो, घर बाहिर ननिस्किौं
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेको छ । उपत्यकाको वायु प्रदुषित भएकाले स्वास्थ्यमा समस्या भएका व्यक्ति घर बाहिर ननिस्कन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण शाखाले आह्वान गरेको छ । पौष २० गते अर्थात हिजो सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेकाले स्वास्थ्यमा नकारात्मक असर पर्ने समेत स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।
विशेष गरेर बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, यस्तै मुटुका बिरामी प्रदुषित बातावरणका कारण प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन शाखाका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च छ । त्यसैले तराई क्षेत्रका नागरिकहरुले पनि विशेष सावधानी अपनाउन वातावरण शाखाले आग्रह गरेको छ । जाडो मौसममा फोहोर बाल्दा, आगो बाल्दा समेत झन् बढी वायु प्रदूषण बढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । वायु प्रदूषण मौसममा भर पर्ने भएकाले केहि समयसम्म प्रदूषण हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन शाखाको अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण