युवराजको 'पुनरागमन' शंकरलाई तगारो
काठमाडौँ । विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अर्कोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे ।
उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका छन् ।
तर दाहाल नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् । अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुध्न आइपुगेका छन् ।
ज्ञवालीको निस्त्रियतापछि दाङ कम्युनिष्ट राजनीतिका विकल्पविहीन नेताका रुपमा रहेका पोखरेललाई ज्ञवालीको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण