बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक

बुधबार, २२ पुस २०७७, ०६ : ४०
बुधबार, २२ पुस २०७७

कोरोनाको कहर अहिलेसम्म रोकिएको छैन उता भारतमा भने अर्को एउटा संकट निम्तिएको छ । 

भारतका थुप्रै राज्यमा बर्ड फ्लू फैलिएको खबर सार्वजनिक भएको छ । 

मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पंक्षीको अचानक मृत्यु भइरहेको छ । 

त्यसपछि देशमा बर्ड फ्लू फैलिरहेको भनेर शंका गर्न थालिएको थियो । 

थुप्रै राज्यमा बर्ड फ्लूको खबरः

सोमबार केरल, हिमाचल प्रदेश र राजस्थानले आफ्नो क्षेत्रमा ठूलो परिमाणमा पंक्षीहरुको मृत्युको कारण बर्ड फ्लू भएको पुष्टि गरेका छन् । 

मध्य प्रदेशको कौवोंमा यसको पुष्टि भइसकेको छ । 

यसबाहेक गुजरात र महाराष्ट्रबाट पनि बर्डफ्लूको खबर आइरहेको छ । 

पोंग ड्याम आसपासको प्रवासी पंक्षीमा भेटियो बर्ड फ्लूः

हिमाचल प्रदेशको एनिमल हस्बेन्डरी डिपार्टमेन्टमा सिनियर भेटनरी पेथोलोजिस्ट तथा बर्ड फ्लूका नेशनल कन्सल्टेन्ट डाक्टर विक्रम सिंहका अनुसार हिमाचल प्रदेशको कांगडा जिल्लामा पोंग ड्यामको इलाका यसको एपिसेन्टर हो र सोमबारसम्म करिब २४ सय प्रवासी पंक्षीको मृत्यु भएको छ । 

उनी भन्छन्, ‘यो ड्यामको १० किलोमिटर दायरामा अलर्ट जारी गरिएको छ । तर अहिलेसम्म पोल्ट्रीमा यसको लक्षण देखिएको छैन किनभने यो इलाकामा कुनै पोल्ट्री फार्म छैन ।’

माछा र पोल्ट्रीमा रोकः

यो इलाकामा माछाको खरिद बिक्रिमा रोक लगाइएको छ । पोंग ड्याममा समातिएका माछामा यो फ्लू पंक्षीमार्फत् पुग्न सक्ने आशंका गरिएको छ । 

यसबाहेक हिमाचल प्रदेश सरकारले थुप्रै इलाकामा कुखुराको खरिद विक्रि र मासुका लागि यिनीहरुलाई काट्न रोक लगाएको छ । 

यसबाहेक पोल्ट्री उत्पादन र माछाको निर्यातमा पनि रोक लगाइदिएको छ । 

मध्य प्रदेशको इन्दौरमा गत हप्ता थुप्रै कागको मृत्यु भइरहेको थियो र उनीहरुमा बर्ड फ्लूको पुष्टि भएको थियो । त्यसपछि प्रशासनले बर्ड फ्लूको अलर्ट जारी गरेको हो । 

बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप