माइनस १५ डिग्रीको चिसोमा मनाङको नार र फु गाउँका बासिन्दा
हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।
कोरोना कहर नहुँदो हो त यो बेला नार र फूका अधिकांश घर रित्तै हुन्थे। केही युवा मात्र गाउँमा हुन्थे। महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेंसीसहर) झरेका हुन्थे। तर कोरोनाले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए। हिमपात भएपछि दुर्गम ती गाउँका बासिन्दा चिसोले आहत छन्।
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ। सोमबारदेखि हिउँ पर्न थालेको छ। तापक्रम रातमा माइनस १५ र दिनमा माइनस ७ डिग्री हुन्छ।’ उनका अनुसार पोहोर–परार यो बेला धेरैजसो गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे। घर कुरेर बसेका सीमित व्यक्तिमात्र गाउँमा भेटिन्थे तर अहिले कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए। ‘बाहिरबाट हेर्दा त अरू समस्या केही छैन। दाउराको आगो ताप्ने, रासन खाने र बस्ने गरेको देखिन्छ। तर, हिँडडुल सकसपूर्ण छ। घरबाट बाहिर निस्कन पनि कठिन छ,’ उनले भने, ‘अहिले नै ५र६ इन्चसम्म हिउँ जमेको छ। योभन्दा बढी प¥यो भने त कठिन हुन्छ।’ चिसो अधिक हुँदा गाउँमा खानेपानीको अप्ठेरो परेको लामाले सुनाए। ‘सबैतिर पानी जमेको छ। यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण