बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा योजना अनुगमन संयन्त्र गठन

बुधबार, २२ पुस २०७७, १८ : ३७
बुधबार, २२ पुस २०७७

कर्णाली । कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन गर्ने भएको छ । चालू आवमा प्रदेश सरकारद्वारा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो ।  

प्रदेश सरकारले सञ्चालन र कार्यान्वयन गरिरहेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि विषयगत मन्त्रालयको सहभागितामा अनुगमन संयन्त्र गठन गर्ने भएको हो । योजना आयोगका पदाधिकारीको नेतृत्वमा विषयगत मन्त्रालयका कम्तीमा अधिकृतस्तरका प्रतिनिधिसहितको अनुगमन संयन्त्र गठन गरेर सरकारका हरेक आयोजनाको अनुगमन गरिने योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए । 

उनका अनुसार अनुगमन टोलीले अनुगमनका क्रममा आयोजना तथा कार्यक्रममा देखिएका समस्या तथा समाधानका उपायबारेमा प्रदेश सरकारलाई प्रतिवेदन दिनेछ । त्यसका आधारमा सरकारलाई थप योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने डा रोकायाले विश्वास व्यक्त गरे । 

प्रदेश योजना आयोगले प्रदेश सरकारका विषयगत मन्त्रालयका सचिवसँग बैठक गरी प्रदेशभित्र सञ्चालन हुने आयोजनाको अध्यावधिक विवरण प्रदेश आयोजना बैंकका लागि १० दिनभित्र उपलब्ध गराउने निर्णय गरेको सदस्य उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप