ठगी आरोपी युवतीलाई मुद्दा चलाउन काठमाडौंबाट दैलेख ल्याइयो
सुर्खेत । ठगी गरेको आरोपमा पक्राउ परेकी विद्या सरकार शर्मालाई काठमाडौंबाट दैलेख ल्याइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ईटहरी उपमहानगरपालिका–४ घर भएकी २४ वर्षीया विद्यालाई पुस ६ मा काठमाडौंमा पक्राउ गरेको थियो । काठमाडौंमा उजुरी नआएपछि उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा उनिविरुद्ध ठगी मुद्धा दर्ता छ । विद्याले अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोप लागेको छ । ‘अमेरिका सपना’ बाँडेर उनले दैलेखमा ५० लाख बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आफुलाई सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिईओ) बताउने उनी गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी थिइन् । त्यसबेला उनले आफुलाई अमेरिकाको भिसा लागेको हुनाले आठ–दश जनालाई अमेरिका लैजान सक्ने भन्दै स्थानीयलाई ठगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार नारायण नगरपालिका–१ नयाँ बजारका मनोज थापाको ९० हजार र विवेक थापाको ५२ लाख १४ हजार ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पुस ९ मा दैलेख प्रहरीमा उनीविरुद्ध ठगीको जाहेरी परेको थियो । विद्यालाई पक्राउ गर्न जिल्ला अदालत दैलेखले अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा उनलाई पक्राउ गरेर दैलेख ल्याइएको डिएसपी श्रेष्ठले बताए ।
अदालतबाट ७ दिनको म्याद लिएर विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी अनुपम श्रेष्ठले रातोपाटीलाई बताए । ०७७ असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् । यस्तै, उनले दैलेखका स्थानीय तहहरुसँग सहकार्य गरेर राहत रकम वितरण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण