बढुवा भएका डिआईजीको पदस्थापना, प्रदेशसँग समन्वयको जिम्मा ऐरलाई
काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गरिएका अधिकृतलाई पदस्थापना गरिएको छ । बढुवा समितिले पुस १३ मा गरेको सिफारिसअनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधवार ९ जना डिआईजीको पदोन्नति र पदस्थापना गरेका हुन् ।
बढुवा नियुक्त भएका डिआईजीहरुलाई बिहिबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिए । गृह-मन्त्रालयले प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी गणेश ऐरलाई दिएको छ । डिआईजीको दरबन्दी थप गर्ने पछिल्लो निर्णयसँगै सो निर्देशनालय स्थापना गरिएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा.देवबहादुर बोहरालाई पदस्थापना गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, अन्वेषण योजना तथा विकास निर्देशनालयमा मुकुन्दराज आचार्य र कार्य विभागमा दिवेश लोहनीलाई पदस्थापना गरिएको छ ।
अपराध अनुसन्धान विभागमा राजेशलाल कर्ण, प्रबन्धमा पुरुषोत्तम कँडेल र साईबर ब्यूरोमा रामकृपाल शाहलाई पदस्थापना गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण