सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बढुवा भएका डिआईजीको पदस्थापना, प्रदेशसँग समन्वयको जिम्मा ऐरलाई

बिहीबार, २३ पुस २०७७, २२ : १३
बिहीबार, २३ पुस २०७७

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गरिएका अधिकृतलाई पदस्थापना गरिएको छ । बढुवा समितिले पुस १३ मा गरेको सिफारिसअनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधवार ९ जना डिआईजीको पदोन्नति र पदस्थापना गरेका हुन् ।

बढुवा नियुक्त भएका डिआईजीहरुलाई बिहिबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिए ।   गृह-मन्त्रालयले प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी गणेश ऐरलाई दिएको छ । डिआईजीको दरबन्दी थप गर्ने पछिल्लो निर्णयसँगै सो निर्देशनालय स्थापना गरिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा.देवबहादुर बोहरालाई पदस्थापना गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, अन्वेषण योजना तथा विकास निर्देशनालयमा मुकुन्दराज आचार्य र कार्य विभागमा दिवेश लोहनीलाई पदस्थापना गरिएको छ ।

अपराध अनुसन्धान विभागमा राजेशलाल कर्ण, प्रबन्धमा पुरुषोत्तम कँडेल र साईबर ब्यूरोमा रामकृपाल शाहलाई पदस्थापना गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप