हुम्लामा आगलागी हुँदा पाँच लाखको क्षति
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ । आगलागी भएको सोही घरमा किराना पसल रहेको हुँदा पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
खार्पुनाथ प्रहरी चौकीका पाँच जनाको टोली र स्थानीयवासीले आगो निभाएको प्रहरी जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ भने अन्य मानवीय र पशुचौपायको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । हुम्लामा पछिल्लो समय आगलागीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण