बेलायतमा मोडेर्नाको खोपले पनि पायो मान्यता
लन्डन । बेलायतमा कोरोनाको महामारी बढेसँगै कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आम मानिसको प्रयोगको लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता पाएसँगै बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप सञ्चालनमा आएका छन् ।
मोडर्नाको खोप पनि फाइजर( बायोएनटेक जत्तिकै प्रभावकारी भएको बताइएको छ। परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो । बेलायतले मोर्डना खोपको १ करोड ७० लाख डोज अर्डर गरेको भएपनि प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन् ।
यसअघि फाइजर–बायोनटेक र अक्सफोर्ड–एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ । कोरोना संक्रमण दर बढेसँगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो दिईसकेको स्वास्थ्य विभागले जनाएको छ ।
जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ । बिहिबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको थियो भने पछिल्लो एकसाता निरन्तर पचास हजारभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण