अक्षयको पारिश्रमिक १ सय ३५ करोड, निर्देशकको ४ करोड
बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि निकै बढाएका छन् ।
मिशन मंगलको शान्दार सफलतापछि अक्षयले यस फिल्मका निर्देशक जगन शक्तिसँग मिलेर साईन्स–फिक्सन थ्रिलर मुभी गर्ने योजना बनाइरहेका छन् । जसको नाम ‘मिशन लायन’ छ ।
जगनको शल्यक्रियाका कारण फिल्म निर्माणमा केही ढिलाई अवश्य भयो, तर अब सबै अड्चन हटेको छ ।
यस फिल्ममा अक्षयकुमारले १ सय ३५ करोड रुपैयाँ लिनेछन् । प्रदर्शनका विभिन्न राइट्समार्फत अक्षयको यति ठूलो पारिश्रमिक उठाउन सकिने फिल्म निर्माताहरुको बुझाइ छ ।
यद्यपी, निर्देशक जगनले भने यस फिल्मबाट ४ करोड रुपैयाँमात्रै लिनेछन् । अहिले यो फिल्म प्रि–प्रडक्सनको चरणमा छ र निर्माण स्रोतका अनुसार केही दिनपछि मात्रै यसबारे औपाचारिक घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जीकाे कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण