आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट ८० हजार भन्दा बढीको मृत्यु

आइतबार, २६ पुस २०७७, ०५ : ४६
आइतबार, २६ पुस २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । 

शनिबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ३५ जनाको मृत्यु भएसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८० हजार ८६८ पुगेको हो । 

मृतक संख्याका आधारमा बेलायत विश्वभर पान्चुं स्थानमा पर्दछ । यस अघि पाँचौं स्थानमा रहेको युरोपियन मुलुक इटालीलाई पछि पर्दै बेलायत अगाडि भएको हो । अमेरिका, ब्राजिल, भारत र मेक्सिको पछि बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५९ हजार ९३७ जना नयाँ संक्रमित थपिएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख १७ हजार ४०९ पुगेको छ ।

बेलायतमा एकहप्ता अघिदेखि संक्रमित हुनेको संख्या लगातार ५० हजार भन्दा बढी रहँदै आएको छ । शुक्रबार मृतक संख्या र संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको थियो । बेलायतका अस्पतालमा हाल उपचार गराइरहेका संक्रमितको संख्या ३२ हजार नाघेको छ । यो संख्या पनि महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।

उपचार गराइरहेकामध्ये तीन हजारभन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । कोरोना संक्रमण बढेसंगै बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित खोप वितरण कार्य जारी छ । हालसम्म १५ लाख भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् भने केहिले खोपको दोस्रो डोज पनि लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप