अनुदानको खोपको पर्खाइमा सरकार
काठमाडौं । २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरू गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुसलगायत देशले खोप लगाउन थालिसकेका छन् ।
हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रिअर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ । अन्य देशहरूले कोरोना खोप खरीदको प्रक्रिया अघि बढाइसकेकोमा नेपाल भने अझै अनुदानको खोपको प्रतीक्षामा रहेको छ । नेपालले हालसम्म कुनै पनि खोपको प्रिअर्डर गरेको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण