मेस्सीको दुई गोलमा बार्सिलोनाको अपराजित यात्रा जारी, रियल रोकियो
बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रानाडामाथि सहज जित हासिल गरेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रनाडामाथि ४–० को सहज जित हासिल गरेको हो ।
खेलको १२ औँ मिनेटमा ग्रिजमानले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औँ र ४२ औँ मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता फराकिलो बनाए । दुई गोलसँगै यो सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ११ पुगेको छ । उनी ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।
दोस्रो हाफमा ग्रिजमानले अर्को गोल गर्दै बार्साको सहज जीत सुनिश्चित गरे । ग्रानाडाका जिसुस भालेहोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो ।

उता, साबिक विजेता रियल म्याड्रिडले भने ओसासुनासँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ११ खेलमा जितविहीन ओसासुना रेलिगेसन क्षेत्रमा रहेको छ ।
हिमपातका वावजुद खेलाइएको खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् । खेल अवधि भर दुवै टोलीले विपक्षीको पोष्टमा मात्र तीनवटा प्रहार लक्ष्यमा गर्न सके । रियलका म्यानेजर जिनेदिन जिदानले खराब मौसमका बावजुद खेल खेलाइएकोमा आक्रोश व्यक्त गरेका छन् ।
यसअघि हिमपातका कारण एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओको खेल भने रद्द भएको थियो । रियल रोकिएपछि कुनै खेल नखेले पनि एथ्लेटिको शीर्ष स्थानमा कायम रहेको छ ।
१५ खेलबाट एथ्लेटिकोको ३८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियलको १८ खेलपछि ३७ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ अंक रहेको छ ।
अन्य खेलमा सेभियाले रियल सोसिडाडलाई ३–२ गोल अन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण