फोटोकपी गर्न चालीस रुपैयाँ
निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य तिर्नुपरेको गुनासो आएको हो ।
बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउन बैंक नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको रु ४० तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका धीरेन्द्र फडेराले बताए ।
सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ । उनले भने, “किन यति महङ्गोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको छ ।”
यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नुपर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँका अर्का स्थानीय छिरिङ फडेराले बताए । दस्तखत कार्ड मात्र नभएर केवाइसी फर्मको पनि रु ४० मा फोटोकपी गर्नुपरेको छिरिङले बताए । अन्य बैंक र फोटोकपी सेन्टर नभएका कारण कार्ड तथा केवाइसी फर्मको मूल्य आफूखुशी असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । यो समस्या सर्केगाड गाउँपालिकाका वडा १ देखि ८ सम्मका सेवाग्राहीले झेल्दै आएका छन् । बैंक खाता खोल्नैपर्ने भएपछि सेवाग्राहीलाई अन्य विकल्प नहुँदा चर्को मूल्य तिरेर खाता सञ्चालन गर्नुपर्ने बाध्याता छ ।
यस सम्बन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको बताए । सम्भव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीलाई उक्त कार्ड दिने गरेको उनको भनाइ छ । सिधैँ काठमाडौँबाट झिकाउनुपर्ने भएका कारण कहिलेकाहीँ कार्डको समस्या हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण