बेलायतमा कोरोनाबाट एक सातामा ६ हजार ४८५ को मृत्यु
लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण र मृत्युदरमा तीव्रता आएसँगै यहाँको स्थिति नियन्त्रणबाहिर गएको छ ।
एक साताभित्र छ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ५२९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ ।
यसैगरी बेलायतमा दशदिनसम्म लगातार ५० हजारमाथि कोरोना संक्रमित रहँदै आएकोमा सोमबार ४६ हजार १६९ मा झरेको छ । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ । विगत केहिदिनयता बेलायतमा कोरोना संक्रमितको संख्या, मृतक संख्या तथा अस्पताल भर्ना हुनेको संख्यामा महामारी शुरु भएयाताकै नयाँ रेकर्ड कायम भएको थियो । गत शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका थिए ।
मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि पाँचौं स्थानमा रहेको छ । यसघि पाँचौं स्थानमा रहेको इटालीलाई बेलायतले गताहप्ताबाट पछि पार्दै आएको हो । इटालीमा हालसम्म ७९ हजार २०३ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वभरमा १९ लाख ४७ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने झन्डै ९ करोड मानिसहरु संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा मात्र तीन लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण