शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एक सातामा ६ हजार ४८५ को मृत्यु

मङ्गलबार, २८ पुस २०७७, ०५ : ४१
मङ्गलबार, २८ पुस २०७७

लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण र मृत्युदरमा तीव्रता आएसँगै यहाँको स्थिति नियन्त्रणबाहिर गएको छ ।

एक साताभित्र छ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ  । पछिल्लो २४ घन्टामा थप  ५२९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ ।

यसैगरी बेलायतमा दशदिनसम्म लगातार ५० हजारमाथि कोरोना संक्रमित रहँदै आएकोमा सोमबार ४६ हजार १६९ मा झरेको छ । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ । विगत केहिदिनयता बेलायतमा कोरोना संक्रमितको संख्या, मृतक संख्या तथा अस्पताल भर्ना हुनेको संख्यामा महामारी शुरु भएयाताकै नयाँ रेकर्ड कायम भएको थियो । गत शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका थिए ।

मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि पाँचौं स्थानमा रहेको छ ।  यसघि पाँचौं स्थानमा रहेको इटालीलाई बेलायतले गताहप्ताबाट पछि पार्दै आएको हो । इटालीमा हालसम्म ७९ हजार २०३ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभरमा १९ लाख ४७ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने झन्डै ९ करोड मानिसहरु संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा मात्र तीन लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप