मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सङ्घीयता र गणतन्त्र गुम्ने  खतरा देखियोः उपेन्द्र यादव

मङ्गलबार, २८ पुस २०७७, १६ : ३६
मङ्गलबार, २८ पुस २०७७

पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुम्ने  खतरा उत्पन्न भएको बताएका छन् । अध्यक्ष यादवले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकाल्न सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।

सङ्घीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने दाबी समेत गरे ।  

प्रतिनिधिसभा पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने बताए । उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको स्पष्ट पारे ।  पत्रकार सम्मेलनमा जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गर्नेमा कुनै शङ्का नरहेको बताए । 

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप