बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रचार विभागमा जिम्मेवारी हेरेफेर, कसले के-के जिम्मेवारी पाए ?

मङ्गलबार, २८ पुस २०७७, १९ : ५२
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफु मातहतका विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ । विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा पुस २१ र २२ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विभागका केही सदस्यहरुको जिम्मेवारी हेरफेर र विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको हो । 

जसअनुसार नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेको समयमा भएका कमी कमजोरी अध्ययन कार्यदलको संयोजकमा डा.सुरेश आचार्यलाई जिम्मेवारी दिइएको छ भने राजनीतिक र सामाजिक उपलब्धि अध्ययन कार्यदलको संयोजकको जिम्मेवारी रामचन्द्र घिमिरेलाई घिमिरेलाई दिइएको छ । त्यस्तै आर्थिक उपलब्धि अध्ययन कार्यदलको संयोजकमा डा.संजय महतो, कम्युनिष्ट सरकारको अध्ययन र संक्षेपीकरण कार्यदलको संयोजकमा गोपाल कुमार झा, मितव्ययी निर्वाचन व्यवस्थापन अध्ययन कार्यदलको संयोजकमा दिनेश थापामगर, सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा ई. दिपेश बिष्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै महिला प्रचार नेटवर्कको संयोजकमा अञ्जना अर्याल, सहसंयोजक राधा कुँवर क्षेत्री र सचिवको जिम्मेवारी अनिता शर्मालाई दिइएको छ । उता, काँग्रेस युवा प्रचार नेटवर्कको संयोजकमा विकल राईलाई जिम्मेवारी दिइएको मंगलबार विभागका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले काँग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलको संयोजकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ । गठित विभिन्न कार्यदल र उपसमितिहरुले सम्बन्धित क्षेत्रका पार्टी निकट विज्ञ एवम् वुद्धिजीवी र शुभेच्छुकहरुसँग आवश्यक परामर्श गरी आफ्नो जिम्मेवारीलाई पूर्णता दिई तेस्रो पूर्ण बैठकमा प्रस्तुत गर्ने निर्णय समेत बैठकले गरेको छ ।

 बैठकले  प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप