इमरान खानले शेयर गरे ३२ वर्ष पूरानो फोटो
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ३२ वर्ष पुरानो फोटो शेयर गरेका छन् । यस फोटोमा उनी खैरो रंगको स्वेटर लगाएर क्यामेरा अगाडि मुस्कुराईरहेको अवस्थामा देखिन्छन् । सामाजिक सञ्जालमा यो फोटो भाइरल भएको छ । केही घण्टाभित्रै १ लाख २० हजारभन्दा धेरैले यस फोटोमा लाइक गरिसकेका छन् ।
‘हाम्रा ह्यान्डसम प्रधानमन्त्री, तिमीलाई धेरै माया छ,’ एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् । ‘तिमी निकै राम्रा नेता हौं, म तिमीलाई मन पराउँछु’ अर्का समर्थकले लेखेका छन् । राजनीतिमा आउनुअघि इमरान खानको परिचय सफल क्रिकेटरका रुपमा थियो । उनी क्रिकेट इतिहासकै उत्कृष्ट अलराउन्डरहरुको सूचीमा पर्छन् ।
उनले १९९२ को विश्वकप क्रिकेटमा उपाधि जित्ने पाकिस्तानी टिमको कप्तानी गरेका थिए । पाकिस्तानका लागि उनले ८८ टेस्ट खेलमा ३८ सय ०७ रन, १ सय ७५ एकदिवसीय खेलमा ३ हजार ७ सय ९ रन स्कोर गरेका छन् । खानले बेलायतमा ५ वर्षसम्म वर्सिस्टस्राइनबाट काउन्टी क्रिकेट खेलेका थिए । विद्यार्थी जीवनमा उनी अक्सफोर्ड विश्वविद्यालयको टोलीका सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण