इमरान खानले शेयर गरे ३२ वर्ष पूरानो फोटो

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ३२ वर्ष पुरानो फोटो शेयर गरेका छन् । यस फोटोमा उनी खैरो रंगको स्वेटर लगाएर क्यामेरा अगाडि मुस्कुराईरहेको अवस्थामा देखिन्छन् । सामाजिक सञ्जालमा यो फोटो भाइरल भएको छ । केही घण्टाभित्रै १ लाख २० हजारभन्दा धेरैले यस फोटोमा लाइक गरिसकेका छन् ।
‘हाम्रा ह्यान्डसम प्रधानमन्त्री, तिमीलाई धेरै माया छ,’ एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् । ‘तिमी निकै राम्रा नेता हौं, म तिमीलाई मन पराउँछु’ अर्का समर्थकले लेखेका छन् । राजनीतिमा आउनुअघि इमरान खानको परिचय सफल क्रिकेटरका रुपमा थियो । उनी क्रिकेट इतिहासकै उत्कृष्ट अलराउन्डरहरुको सूचीमा पर्छन् ।
उनले १९९२ को विश्वकप क्रिकेटमा उपाधि जित्ने पाकिस्तानी टिमको कप्तानी गरेका थिए । पाकिस्तानका लागि उनले ८८ टेस्ट खेलमा ३८ सय ०७ रन, १ सय ७५ एकदिवसीय खेलमा ३ हजार ७ सय ९ रन स्कोर गरेका छन् । खानले बेलायतमा ५ वर्षसम्म वर्सिस्टस्राइनबाट काउन्टी क्रिकेट खेलेका थिए । विद्यार्थी जीवनमा उनी अक्सफोर्ड विश्वविद्यालयको टोलीका सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन