अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ
सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, “पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।” प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण