माछापुच्छ्रे बैंक र एशियाली डेभलपमेन्ट बैंक एडिबीबीच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)का सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स स्टेभन विक तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
ट्रिपल ए क्रेडिट रेटिङ्ग प्राप्त एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौतापश्चात एडीबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ सुविधाहरु प्रदान गर्नेछ ।
आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण