गुल्मी पुगेका राजेश हमाल अलपत्र !
गुल्मी– गुल्मीको एक कार्यक्रममा हिँडेका महानायक राजेश हमाल सदरमुकाम तम्घास नजिकैैको सुख्खा पहिरोले सडक अबरुद्ध हुँदा अलपत्र परेका छन् ।
तानसेन सडक खण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले सवारी साधान आवत जावत गर्न नसकेपछि नायक हमाल अलपत्र परेका हुन् ।
धुर्कोट वडादशैं मेलाको अन्तिम दिन हमाल पुग्ने कार्यक्रम रहेको छ ।
अन्य कुनै बिकल्प नभएपछि नायक हमाललाई पहिरोभन्दा माथि आधा घण्टाको उकाले हिँडाएर दुबीचौरको घोर्ले सम्म ल्याउने र प्रहरी प्रशासन सहयोगमा धुर्कोट लैजाने तयारी गरिएको छ ।
नायक हमालले आफु पहिरोले बाटो बिग्रिएकाले अब हिड्दै गन्तब्यसम्म पुग्ने बताए । उनी जस्तै दशैं मान्न आएका सयौं यात्रुहरु हिडेर घोर्ले सम्म आई अर्को गाडी चढने गरेका छन् ।
गत एक साता देखि बेला बेलामा अबरुद्ध र खुल्दै आएको सड्क बुधवार साँझदेखि बिहिवार सम्म ठप्प छ । बिहानैबाट सड्क खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि खुल्ने संकेत देखिएको छैन् ।
सड्क खुलाउन रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी,ट्राफिक प्रहरी,शसस्त्र प्रहरी लगायत खटिएका छन् । बिहानै देखि सड्क खुलाउन खटेका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले डोजरले सोर्दै र माथीबाट झन ठुलो पहिरो खस्दै छ यसर्थ पनि यति समय पछी सड्क खुल्छ भन्ने अबस्था नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण