पहिलो पटक अन्तरसहकारी कारोबार सुरु
आइतबार, ०४ माघ २०७७, ०६ : ५२
मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो ।
सहकारीले सापटीको रुपमा एक सहकारीबाट अर्को सहकारीमा कारोबार भने गर्दै आएका थिए । अहिले विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक अर्कोमा साट्ने व्यवस्थासहित अन्तर सहकारी कारोबार थालिएको हो ।
सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन लागेको हो ।
अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार सुरु गरेको हब कोओपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण